काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत भएको टिप्पणी गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीहरूभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरण हराएको उनको भनाइ छ।
उनले जनवादी केन्द्रीयताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरूमा जनवाद हराएको स्पष्ट पारे। उनले कम्युनिष्ट पार्टीहरूको केन्द्रीयता नोकरशाही केन्द्रीयतामा परिणत भएको भन्दै समीक्षा गर्ने वेला भएको पनि बताए।
उनले भने, ‘आज कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न नेतृत्व तयार हुँदैन। जनताले प्रश्न गर्छ, हामी कान थुनेर बस्छौँ। जनवाद समाप्त भयो‚ नोकरशाही केन्द्रीयता रह्यो। कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्ड जस्ता बन्न थाले।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।