काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र आफ्नो पक्षमा बोल्ने नेता कार्यकर्तालाई संस्थापन पक्षबाट आतंकित पार्ने काम भएको बताएकी छिन् ।
मंगलबार भंगालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको दाबीसमेत गरेकी छिन् ।
अब खुट्टा कमाउने स्थितिमा नरहेको बताउँदै उनले भनिन्, ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।
आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने निर्णयको लामो शृङ्खला नै सुनाएकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।