काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जङ्गलमा थन्किएको टिप्पणी गरेका छन्।
४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलवार बीपी स्मृति अस्पताल, वसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन्।
उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए। त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त्य भएको उनको दाबी थियो। उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरे
नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढङ्गले बुझ्न नसकेको र नेपालका कम्युनिस्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।