काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसको ‘कोर भ्याल्यु’मा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन्।
बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउने कुरा राम्रो भए पनि आफ्नो महत्त्व कांग्रेसले बिर्सिन नहुने बताएका हुन्।
अहिले कांग्रेसको महत्वमाथि कम्युनिस्टहरूले आक्रमण गरिरहेको उनको भनाई थियो। कुलिङ अफ पिरियडमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउन सक्नुपर्ने उल्लेख गरे।
सांसद कोइरालाले भने, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन। तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिस्टहरूले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ। दुःख त्यहाँ लागिरहेको छ। हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्न सक्नुपर्छ। सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर। गल्ती भएको छ, हामीबाट पनि भएको छ। नेपाली कांग्रेसका सांसदहरूको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।