काठमाडौँ– नेकपा एमालेका केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ।
नेताहरूले बोल्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने तयारी छ।
बैठकमा विधान संशोधनमाथि सदस्यहरूले धारणा राखिरहेका छन्। पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यमध्ये प्रस्तावित विधान मस्यौदाका नयाँ व्यवस्थाबारे धारणा राखेका थिए।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।