काठमाडौं- नेपाली कांग्रेसले वायुसेवा निगमले हालै मात्र खरिद गरेको दुई वटा वाइडबडी जहाजको सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ।
_x000D_
_x000D_
आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले जहाज खरिद प्रक्रिया सार्वजनकि गर्न सरोकारवाला निकायलाई आग्रह गरेको हो।
_x000D_
_x000D_
जहाज खरिदमा अपारदर्शिता रहेको र ठूलो आर्थिक अनियमितता भएका विवरण सार्वजनिक भइरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारको ध्यानाकर्षण गराएको हो। 'यो घोटाला बारेको वास्तविकता गहिराइपूर्वक छानबिन गरी जनसमक्ष सार्वजनिक गर्न सम्बन्धित निकाय समक्ष तीव्र गतिका लागि आग्रह गर्दछ,' कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
_x000D_
_x000D_
निगमले २० करोड ९६ लाख डलरमा २ वटा बाइडबडी जहाज खरिद गरेको थियो। जहाजले अहिले व्यावसायिक उडान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।