काठमाडौँ– नेपाली कांग्रेसका ‘सात भाइ’ सोमबार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले निकालेका निष्कर्षबारे जानकारी गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
उनीहरू साढे १० बजे देउवा निवास बूढानीलकण्ठमा पुगेका हुन्।
हिजो उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा संस्थापन पक्षका सात नेताहरू भेला भएका थिए।
सोमबारको उनीहरूको भेलाले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने र २०८४ को निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकाको थियो। सात नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन विभिन्न बहस गर्ने र १५औँ महाधिवेशनमा एउटै प्यानल प्यानल बनाउनेबारे छलफल पनि छलफल गरेका थिए।
बुढानीलकण्ठमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत पुगेका हुन्। उनीहरूको सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।