काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन्।
बीपी संग्रहालय सुन्दरीजलमा मंगलवार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि कल्पना बीपीको रहेको बताए। अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको उनले बताए।
नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपीले जति काम अरु कसैले पनि गर्न नसकेको बताए।
सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।