काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुरानो सबै थोत्रो र मूल्यहिन भन्ने समाजमा रहेको जबरजस्त नकारात्मक भाष्यबाट कांग्रेस निस्कनुपर्ने बताएका छन् ।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आफ्नो पार्टी पुरानो भएकोमा गौरव राख्दै नयाँ कुरालाई सिक्न तयार रहेको उनले बताए ।
थापाले पुराना कुरालाई जोगाउँदै नयाँ ज्ञानको खोजी गर्नका लागि पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरेको उल्लेख गरे । कार्यक्रममा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।