काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसंग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन् ।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सोमबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिष्पर्धी पार्टी भन्दा राम्रो सिद्धान्त कांग्रेसको रहेकाले यसबारे जनतालाई बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका हुन् ।
सबैभन्दा पुरानो पार्टी कांग्रेसको प्रजातान्त्रीक समाजवाद अन्य दलको भन्दा फरक रहेको उहाको भनाइ छ ।
सभापति देउवाले सबै नागरिकहरुलाई समावेश गर्ने गरि समावेशी सिद्धान्तका आधारमा बनेको संविधान र निर्वाचन प्रक्रिया रहेकाले सवैको समर्थन प्राप्त गर्न सक्ने अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।