काठमाडौँ– पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन्।
आइतवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्। उनले पार्टीको सदस्यता नवीकरण पहिल्यै भइसकेको पनि स्पष्ट पारिन्।
भण्डारीले भनिन्, ‘राष्ट्रिय राजनीतिका बारेमा मात्रै कुरा भयो। पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो।’
उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट हुने समेत बताइन्।
नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरूले पार्टीमा सक्रिय रूपमा फर्किएको घोषणा गरेकी भण्डारीलाई के गर्ने भन्नेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए। नेताहरूको सुझावपछि आइतवार दुई नेताबीच भेट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।