काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छन्।
आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ। दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ।
भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ। सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए। दुई नेताबीच ४ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।