काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्टहरु गफ मात्र गर्ने भएकाले विकास गर्न कांग्रेसकै सरकार आउनुपर्ने दाबी गरे।
_x000D_
_x000D_
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित भद्रकाली माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाल जिल्लामा शिक्षा, स्वास्थ्य र सडकमा आसलाग्दो काम भएको तर केपी ओलीको सरकार आएपछि रेल र पानी जहाजको गफमात्र भएको टिप्पणी गरे। विद्यार्थी संघ इकाइ कमिटीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै बस्नेतले कम्युनिस्टहरुको सिद्धान्त नै जनतालाई झुक्काउने भएको आरोप लगाए।
_x000D_
_x000D_
‘सिन्धुपाल्चोकमा मैलेजति विकासका लागि बजेट कसैले ल्याएको छैन,’ उनले भने, ‘जनताले निर्वाचित गराउँदा जिल्लामा करोडौं बजेट ल्याएका तर कम्युनिस्ट नेताको कुरा मात्रै हो। म काम गरेर देखाउने मानिस हुँ।’
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले मानेस्वारा स्वास्थ्य चौकी बनाउन ३ करोड ,बाह्रबिसे–मानेश्वाँरा–घुम्थाङ–भैरवकुण्ड सडकको स्तरोन्नतिका लागि २८ करोड बजेट पारेको, घुडे गाउँमा शिशिखर्कबाट पानी लिफ्ट सिस्टमबाट तानेर खुवाएको तथा भूकम्पपछि मानेस्वाराको ६ वटा विद्यालयमा तुरुन्त ट्रस राखेर पठनपाठन गराएको, हाल मानेस्वारा बृहत् खानेपानी को लागि ७ करोड बराबरको काम हुँदै दाबी गरे।
_x000D_
_x000D_
ओली सरकार गठनपछि देशमा शान्ति सुरक्षाको अवस्था समेत खस्केको र सुन तस्करी लगाएका तस्करीहरु सक्रिय भएको आरोप बस्नेतले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।