काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् ।
बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रह गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।
यसअघि घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई मन्त्री नियुक्त गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।