काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौति रहेको बताएका छन् ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चुनौति साक्षरता रहेको भन्दै आजको चुनौति देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताएका हुन् ।
उनले सरकार, सबै राजनीतिक दल र सरोकारवालालाई शिक्षाको विकासका लागि एकजुट भएर लाग्न अनुरोध गरे ।
सामुदायिक विद्यालयहरुले सेवामूखी भइ मुलुकको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए । सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको बृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राखे ।
उनले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायीक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।