काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोजेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले विकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चुनौती दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताएका हुन् ।
उनले प्रधानमन्त्रीसँग स्पेन गएका सवै सदस्यहरु स्वदेश फर्किएको उल्लेख गर्दै अघिपछि विभिन्न विमानमार्फत गएका व्यक्तिहरुको जिम्मा सरकारले लिन नसक्ने तर्क गरे ।
त्यस्तै सांसद गिरीले वर्तमान सरकारको १ वर्षमा बिग्रिएको अर्थतन्त्रलाई सहि दिशामा ल्याउने काम भएको दाबी गरे ।
विगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा वृद्धि भएको, आर्थिक वृद्धिमा सुधार भएको, मुद्रा संचितीको अवस्थामा सुधार आएको उनको भनाइ छ।
उनले आर्थिक क्षेत्रमा निकै सुधार भए पनि प्रयाप्त नभएकाले सबै मिलेर मुलुकको विकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।