काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकैशंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बिताएको बताएका छन् ।
मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद दाहालले माफियाहरुको दवाव र प्रभावमा एमाले र कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै सरकारको १ बर्ष प्रश्नैप्रश्न र शंकैशंकाको घेरामा बिताएको बताएका हुन् ।
पछिल्लो १ बर्षमा सरकारले गरेका हरेक निर्णयहरु विवादको घेरामा रहेको उनले बताए । उनले हालैको बाढि/पहिरोलगायतको विपत्तिमा समेत सरकार उदासिन देखिएकाले बेपत्ताको खोजि र राहतका ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै दाहालले रास्वपा र राप्रपाले लामो समयदेखि सदनमा विरोध जनाइरहेको अवस्थामा उनीहरुलाई समेत विश्वासमा लिएर सदन सञ्चालन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए ।
उनले सरकारकै कारण महत्त्वपूर्ण विधेयकहरु अड्काइएको आरोप लगाए । दाहालले घुस डिल सम्बन्धी अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्रीको राजीनामा आइसकेको अवस्थामा नाम मुछिएका अर्का मन्त्रीमाथि पनि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।