फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले देशमा ९७ अर्व नयाँ ऋण थपिएको र श्रम पलायन तीव्र हुँदा धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताए ।
उनले मुलुकका लागि केही गर्न अघि बढ्ने प्रयास गर्दा भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देखिने गरेको जिकिर गरे । सांसद बजगाईँले अहिलको राजनीतिक परिदृश्यमा पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिरहेको धारणा राखे ।
त्यस्तै उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी र अदालतको अवहेलना भएको तर्क गरे ।
उनले आपराधिक मुद्दामा जेलमा रहेका बेला समेत रवि लामिछाने पार्टीको अध्यक्षमा कायमै रहेको भन्दै सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।