काठमाडौं– प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरिरहेका छन्।
यसैक्रममा प्रचण्डले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन्।विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन्।
लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे।
‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ। गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’, प्रचण्डको भनाई छ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए। दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए।
उनले वर्तमान सरकार बन्दै आफूले सुशासनको डरले बनेको भनेर टिप्पणी गर्दै गर्दा सत्ता छोड्नु पर्दाको पीडा र छटपटी भनिएको भन्दै प्रधानमन्त्रीले खरानीको डल्लो नभएको र दुई तिहाइको सरकार हो हेक्का रहोस् भनेर गरेको टिप्पणी एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा छ भन्ने कुरा पुष्टि भएको बताए।
‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारुढ दलकै नेता कार्यकर्ताले भनिरहनुभएको छ’, उनले भने, ‘सरकार सङ्ख्याको भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।