काठमाडौं–नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै बिभिन्न क्याम्पस अगाडी प्रदर्शन गरेको छ।
विद्यालय शिक्षा ऐनलाई रोक्ने षडयन्त्र भइरहेको भन्दै नेविसंघले तत्काल ऐन जारी गर्न माग राख्दै काठमाडौंका त्रिचन्द्र क्याम्पस, कमर्श क्याम्पस लगाएतका क्याम्पस अगाठी प्रदर्शन गरेका हुन्। उनीहरुले शत प्रतिशत खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्ति हुनुपर्ने, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्वविना सिनेट बैठक अमान्य हुने जनाएका छन्।
यसै क्रममा कमर्श क्याम्पस अगाडी प्रदर्शन गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।