काठमाडौं– जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ।
निशुल्क, समान र वैज्ञानिक शिक्षा सहितको जनपक्षीय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
उनीहरुले पहुँच भएका व्यक्तिलाई नभइ पछि परेका समूदायलाई माथि उठाउनसक्ने कानूनको आवश्यकता रहेको धारणा राखेका थिए। प्रदर्शनमा सहभागीहरुले निशुल्क शिक्षा प्रणाली लागू गरे, अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर, निशुल्क र समाज शिक्षा जनताको अधिकार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनका लागि विद्यार्थीहरु विद्यालय पोशाक आएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा झडपको अवस्था आउन खोजेपछि प्रहरीले केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।