काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन्।
राप्रपाको संस्थापन इतर खेमाले उनलाई साथ दिएको छ।
राप्रपा अध्यक्ष लिङदेनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए।
उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ। तर सुवेदीले आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध आयोगमा उजुरी गर्न पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।