काठमाडौँ– नेकपा (एमाले) ले पार्टी केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ।
विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले आइतबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। एमालेमा ३२ वटा केन्द्रीय विभाग रहेका छन्।
भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्। आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको मिति तोकेको एमालेले यसअघि जनसङ्गठनहरूको भेला सम्पन्न गरेको थियो।
साउन २ गते स्थायी कमिटी र ५ गते केन्द्रीय कमिटी बैठक गरेर विधान महाधिवेशनमा होमिने एमालेको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।