काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ।
बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक परिस्थितिबारे र बाढी पहिरोले पुर्याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।