एजेन्सी– भारतको गुजरातमा बुधबार बिहान पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु भएको छ।
गुजरातको वडोदरा जिल्लाको महिसागर नदीमा बनेको एउटा पुरानो पुल अचानक भाँचिएको हो। चलनचल्तीमा रहेको सो पुलको एउटा खण्ड भाँचिँदा केही सवारी साधन नदीमा खसेका थिए।
वडोदराका जिल्ला अधिकारी अनिल धामेलियाका अनुसार उद्धारकर्ताले नदीबाट ९ जनाको शव फेला पारेका छन्। अन्य ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
धामेलियाका अनुसार पुल भाँचिएपछि दुई वटा ट्रक, एउटा पिकअप भ्यान, एउटा इको कार र एउटा अटोरिक्सा नदीमा खसेका थिए।
गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलका अनुसार राज्य सरकारले उक्त घटनाको जाँच गर्न आदेश दिएको छ। उक्त पुल चार दशकभन्दा पुरानो रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।