पेरिस (एजेन्सी)– लिओनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप फुटबलमा छनोट गराएको खेलबाट आफू निकै प्रफुल्लित भएको ब्राजिलियन स्ट्राइकर नेइमारले बताएका छन्।
उनले मेसीको सफलताका लागि उनलाई बधाई दिएका छन्। स्पेनिस क्लब बार्सिलोनामा आवद्ध रहँदा मेसी, नेइमार र लुइस सुआरेजको (एमएसएन) जोडी खतरनाक मानिन्थे।
नेइमार यही सिजनदेखि फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा कीर्तिमानी रकममा आवद्ध भएका थिए। यद्यपी यो जोडी लामो समय क्लब फुटबलमा संगै भए पनि देशको हिसाबले कट्टर प्रतिद्वन्दी हुन्।
ब्राजिल धेरै अगाडि छनोट भइसकेको अवस्थामा अर्जेन्टिनाका लागि छनोट यात्रा त्यति सहज थिएन्। तर, मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना विश्वकपमा छनोट भएपछि नेइमारले प्रतिक्रिया दिए, ‘साच्चै, म निकै खुसी छु।’
पिएसजीले फ्रेन्च फुटबलको आगामी लिग डिजोन विरुद्ध आज राती खेल्दैछ। यस्तै स्पेनिस लिगमा बार्सिलोनासँगै मेसी एट्लेटिको भ्रमणमा निस्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।