काठमाडाैं– नेपाल विद्यार्थी संघको सभापतिलाई उमेर हदबन्दी राख्ने/नराख्ने विषयमा विवाद भएपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन ।
_x000D_
_x000D_
पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा छ भने इतर समूह हदबन्दी हटाउने पक्षमा छ ।
_x000D_
_x000D_
संघको सभापतिको लागि ३२ वर्षे हदबन्दी लागू भएमा संस्थापन पक्षका विद्यार्थी नेताहरुको सभापतिमा सम्भावना बढी हुने भएकाले महामन्त्री डा प्रकाशशरण महत हदबन्दीको पक्षमा छन्।
_x000D_
_x000D_
महत नजिकका विद्यार्थी नेता प्रेमराज जोशीलाई सभापतिको उम्मेदवार बनाउनका लागि उनी हदबन्दीको पक्षमा रहेको आरोप लाग्ने गरेको छ। जोशी हाल नेविसंघको सहमहामन्त्रीमा छन्।
_x000D_
_x000D_
महत संयोजक रहेको निर्देशक समितिले विधान संशोधन गर्न र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न संघलाई निर्देशन गरेको थियो। संघले नियमावलीसहित कार्यतालिका पार्टीलाई बुझाए पनि अनुमोदन भएको छैन।
_x000D_
_x000D_
संघको विधान पारित गर्ने विवादकै कारण शुक्रबार तोकिएको केन्द्रीय समितिको बैठक आइतबारलाई सारिएको थियो।
_x000D_
_x000D_
दिउँसो १ बजेको लागि बोलाइएको बैठक ३:३० बजेसम्म सुरु हुन सकेको छैन। संघकै विवादका कारण केन्द्रीय कार्यसमितिको बैठक बस्न नसके पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु भने आन्तरिक बैठकका लागि उनको कार्यकक्षमा जम्मा भएका छन्।
_x000D_
_x000D_
कात्तिक १६ देखि १८ सम्मको लागि तोकिएको संघको १२औं महाधिवेशनको लागि पार्टीले विधान अनुमोदन नगर्दा महाविधेशन प्रभावित हुने भएको छ। संघले असोज ७ देखि महाधिवेशन तयारीका लागि कार्यतालिका बनाएको थियो। प्रादेशिक संरचनाअनुसार तल्लो तहका अधिवेशन हुनेगरी पार्टीलाई विधान बुझाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।