काठमाडौं– प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताए । जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरूको निर्माण गर्न जरुरी रहेका भन्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग पनि उनले गरे । भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न उनको आग्रह छ।
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरू बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।