काठमाडौं– दक्षिण कोरिया र जापानले नियमित विश्वकपमा स्थान बनाउँदा साउदी अरेबिया १२ वर्षपछि विश्वकपमा फर्किएको छ।
रुसमा आगामी वर्ष आयोजना हुने ४ वटा एसियाली राष्ट्रको छनोट भइसकेको छ। विश्व फुटबल महासंघ (फिफा) को नियमअनुसार विश्वकपमा एसियाबाट ४ देशले सिधै स्थान बनाउने प्रावधान रहेको छ। एउटा देशले भने प्लेअफ खेल्न पाउने नियम छ।
यसपालि २००६ देखि नियमित विश्वकप खेल्दै आइरहेको अस्ट्रेलिया प्लेअफ खेल्न विवश छ। उसले नोभेम्बरमा आयोजना हुने प्लेअफमा होन्डुरसलाई पराजित गरेको खण्डमा मात्र विश्वकपमा स्थान बनाउने छ। अस्ट्रेलिया छनोट भएको खण्डमा पहिलो पल्ट विश्वकपमा एकै पल्ट ५ एसियाली राष्ट्र देखा पर्नेछन्।
एसियाबाट सिधै छनोट हुने ४ राष्ट्रमा कोरिया, जापान, इरान र साउदी अरेबिया रहेका छन्। कोरिया १९८६ देखि अनवरत विश्वकप खेल्दै आइरहेको छ। यो उसको दशौं विश्वकप सहभागिता हो।
जापान १९९८ देखि नियमित विश्वकपको टोली हो। जापानको पनि यो छैटौं विश्वकप सहभागिता हो। इरान २०१४ मा पनि विश्वकपमा देखा परेको थियो। इरानको पाँचौ विश्वकप सहभागिता हो।
साउदी २००६ पछि विश्वकपमा देखा पर्न लागेको हो। उसको पनि यो पाँचौ विश्वकप सहभागिता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।