काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा हिम्मत हाराहरूको कुनै काम नभएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्, सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन ।’
त्यस्तै उनले एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गएको र त्यसको भविष्य के हुन्छ भन्नेबारे सजिलै भन्न सकिने अवस्थामा नरहेको बताए ।
‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट पार्टी भनिएको नेकपा एमाले निकै संकटले ग्रस्त भएको छ । अन्तरविरोध बढ्दै गइरहेको छ । त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन,’ अध्यक्ष नेपालले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।