एजेन्सी– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले सबै स्थितिमा आफ्ना श्रीमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टुइटमा आफू सहमत हुन नसक्ने बताएकी छन्।
_x000D_
_x000D_
इजिप्ट भ्रमणमा रहेकी प्रथम महिला मेलानियाले ट्रम्पलाई आफ्नो विचार राख्नुका साथै आलोचनात्मक सुझाव समेत दिने गरेको खुलासा गरेकी छन्। आफ्नो विचार राख्दा ट्रम्प कतिपय विषयमा सहमत हुने र कतिपयमा भने सहमति नजनाउने गरेको खुलाइन्। ट्रम्प आफ्नो विचारसँग असहमत भए पनि आफूले आफ्नो विचार प्रकट गर्न आवश्यक रहेको मेलानियाको भनाइ छ।
_x000D_
_x000D_
यस्तै हप्तौंको सघन बहसपछि ट्रम्पले मनोनित गरेका व्यक्ति ब्रेट केवानाघलाई सर्वोच्च अदालतको न्यायाधीशका रुपमा स्वीकार गरिएको छ। बे्रट सर्वोच्च अदालतका लागि एक कुशल र क्षमतावान न्यायाधीश भएकाले उनको अनुमोदनमा आफू खुसी रहेको पनि अमेरिकी प्रथम महिलाले बताइन्।
_x000D_
_x000D_
बे्रटको अनुमोदनका लागि भएको निर्वाचनमा उनी मात्र २ मतले विजयी भएका थिए। उनले कुल ९८ मतमा ५० मत ल्याएका छन् भने विपक्षमा ४८ मत खसेको थियो। बे्रट विरुद्ध यौन हिंसाको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।