एजेन्सी– चीनको दक्षिण–पश्चिमस्थित सिचुवान प्रान्तमा रहेको विश्वकै आग्लो बुद्धको मूर्तिको छाती र पेटको भाग चर्किएको छ। मूर्तिको मर्मतका लागि भइरहेको कामका क्रममा मूर्ति चर्किएको भेटिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मूर्ति के कारणले चर्कियो भनेर अनुसन्धान गर्न ४ महिनाको समय छ्ट्टाइएको छ।
_x000D_
_x000D_
सिन्ह्वाले जनाएअनुसार ८ अक्टोवरबाट मूर्ति फुट्नुको कारणका सम्बन्धमा अनुसन्धान हुने बताइएको छ। सो समयमा मूर्तिको प्रमुख हिस्सा पूरै अथवा आंशिक हिसाबमा ढाकिने छ। सास्कृतिक स्मृति चिन्हका दर्जनौँ विशषज्ञ सम्मेलित टोलीले मूर्तिको निगरानी गर्नेछ। यसलाई ‘थ्रि डी लेजर’ले ‘स्क्यानिङ’ गरिने छ भने ‘थर्मल इमेजिङ’जस्ता प्रविधिको प्रयोग गरी अध्ययन गरिने छ। यस्तै ‘ड्रोन’को माध्यमबाट हवाई सर्वेक्षणसमेत गरिनेछ।
_x000D_
_x000D_

_x000D_
_x000D_
सिचुवानको लेसान शहरको बाहिरी भागमा बनाइएको उक्त मूर्ति ७१ मीटर अग्लो छ।
_x000D_
_x000D_
बुद्धको यो मूर्ति बनाउन ९० वर्षभन्दा बढी अवधि लागेको थियो। चीनका ताङ वंशको (सन् ६१८–९०७) शासनकालअन्तर्गत सन् ७१३ मा मूर्तिको निर्माण कार्य सुरु भएको हो। यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको यो सम्पदा पहिलो पटक मर्मत हुन लागेको भने होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।