काठमाडौँ– नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन्।
बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन्।
गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन्। उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए। उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।