बुटवल– लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ।
मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलहरूले बजेट सच्याउनुपर्ने माग राख्दै बैठकमा विरोध जनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।