काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेको छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन्।
उनले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए।
यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे।
साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ। गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन। यो आयो भने गरिबका लागि कालो दिन हुन्छ। यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।