काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ।
तर संसद सुरु हुनेवित्तिकै विपक्षी दलले अवरोध गरेका हुन्।
सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।
यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन्।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओली बोल्दा पनि रास्वपाले अवरोध गर्ने बताएको थियो।
प्रधानमन्त्री ओलीले आजै साँझबाट सुरु हुने आफ्नो स्पेन भ्रमणका बारेमा संसदलाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनी संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्पेन प्रस्थान गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।