काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो।
बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ। शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो।
सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।