काठमाडौं– नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् ।
शुक्रबार चितवनको नारायणगढमा प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी प्रधानको शोक सभामा बोल्दै देउवाले मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको भन्दै पार्टी एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउन सक्ने बताएका हुन्।
कुनै पनि पार्टीको एकल बहुमत नआएकै अन्य दलसंग मिल्नुपर्ने बाध्यता रहेको उनले बताए। सभापति देउवाले अहिलेको संविधान समाबेशी समानुपातिक रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने धारणा राखे। उनले प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी पधानले देखाएको बाटोमा पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए।
नेपाली कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा काग्रेसका पुर्व उपसभापति बिमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनर्बहालीको लागि भएको आन्दोलनमा गौरीदेवी प्रधानले गरेकव् योगदानको स्मरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।