काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताएका हुन्।
उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए।‘
एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ फरक दल भएकाले देखिने गरेको बताए। फर दलबिच सत्ता सहकार्य गरेको समयमा धारणा फरक–फरक देखिनुलाई अनौठो मान्न नहुने देउवाको भनाइ थियो।
सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था कांग्रेसको आग्रहमा सहज रूपमा हटाएको देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।