काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ।
बुधबार स्थिर बसेको नेप्से आज झिनो अंकले गिरावट भएको हो।
बुधबार ०.३३ अंकले घटेको सेयर बजार बिहीबार ४ अंकले गिरावट आएको हो। योसँगै आज आज नेप्से परिसूचक २६९५ विन्दुमा कायम भएको हो।
सेयर बजार झिनो अंकले गिरावट आए पनि कारोबार बढ्दा बुधबार ६ अर्बको सेयर कारोबार भएकोमा आज ८ अर्ब बराबरको सेयर कारोबार भएको हो।
कारोबारका आधारमा आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
आज ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर कर्पोरेट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयरमा सबैभन्दा बढी गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।