हेटौंडा– बागमती प्रदेश सभाको बैठक सारिएको छ।
प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ।
बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो।
संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ। तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको स्रोतले बताएको हो।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।