एजेन्सी –इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ । समाचार संस्था अलजजिराका अनुसार आक्रमणमा ४०० भन्दा बढी घाइते भएका छन् ।
त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन् । गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ ।
मध्यस्तकर्ताले युद्धविराम र बन्धक रिहाईका लागि प्रयास तीव्र पारेको हमासका एक वरिष्ठ अधिकारीले जनाएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषेश दुत स्टीव विटकफले इजरायल र हमासबीचको सम्झौता धेरै नजिक पुगेको बताएका थिए । तर इजरायली अधिकारीले भने वार्तामा कुनै प्रगति नभएको र प्रमुख असहमति अझै कायम रहेको जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।