काठमाडौं– नेकपा एमालेले सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा सरकारको एक वर्ष र सरकारले गरेका कामसहित समग्र राष्ट्रिय राजनीतिका बारेमा छलफल भएको थियो ।
‘दुई दलको मुख्य सहभागितामा बनेको सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको,स्थायित्वका लागि बलियो आधार बन्दै गएको । अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको निष्कर्ष रहेको छ’, ज्ञवालीले भने, ‘विरोधका स्वरहरू सम्बोधन हुँदै गएको र मत्थर हुँदै गएको तथा प्रतिगामी प्रयासहरू निस्तेज भएको निष्कर्ष पनि निकालेको छ ।’
एमालेले समग्रमा देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी भएको ठहर गरेपनि सुशासन र सेवा प्रवाहमा अझै ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।