काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसद्मा प्रस्तुत बजेटप्रति सत्तारुढ दलका सांसदहरू नै सन्तुष्ट हुन नसकेको बताएका छन्।
‘बजेट कार्यक्रम निर्विवाद हुँदैन तर, यहाँ अधिकांश माननीयजीहरू सन्तुष्ट हुनुहुन्न’ बस्नेतले संसद्मा बोल्दै भने।
दलहरूले ह्वीप लगाउँदा पनि धेरै सांसदहरू अनुपस्थित भएर विमत्ति प्रकट गरेको उनको भनाइ थियो।
‘सत्तारुढ दलहरूको ह्वीपका बाबजुत थुप्रै माननीयजीहरूले अनुपस्थित भएर विमत्ति प्रकट गरिरहनुभएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।