काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका हुन्।
बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने छ। एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।