काठमाडौँ– नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्ने गरी असंसदीय काम गरेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै गैरेले भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको, सिङ्गो संसद्को र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
उनले संसद् बहिष्कार गरेर गएकाहरूले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिको बारेमा बुझ्न नसकेको जिकिर गरेका हुन्।
उनले भने, ‘भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको, सिङ्गो संसद्को र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ। भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपालीहरू ठगिएको, नेपालीहरूले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पत्ति गुमाएको भन्ने छ। कुनै दोषी व्यक्तिहरू उम्किन नपाओस्। निर्दोष व्यक्तिहरूले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस्। अहिले संसद् बहिष्कार गरेर जानुभएका माननीयज्यूहरूले बुझ्नुभएन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानबिन प्रक्रियालाई कुनै असर नपर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ। त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्ने कुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ। आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ। देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।