काठमाडौँ – कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । सोमबार इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि नेपाली दूतावासले यस्तो सूचना जारी गरेको हो ।
‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ’ जारी सूचनामा भनिएको छ ।
‘कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ’ सूचनामा भनिएको छ ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ ।’ इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण गरेपछि इरानले जवाफी हमला गरेको हो । रोजगारीको शिलशिलामा कतारमा ४ लाख भन्दा बढि नेपाली रहेको तथ्याङ्क छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।