ब्युनोज आयर्स (एजेन्सी)– अर्जेन्टिनी मिडफिल्डर एञ्जल डि मारियाले ब्राजिल स्टार नेइमार र इडिसन काभानीबीचको झगडाले पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबको चेन्जिङ रुमको वातावरण खराब बन्दै गएको कुरा लिओनल मेसीलाई सुनाएका छन्।
विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनी टोलीमा समावेश पिएसजीका मिडफिल्डर मारियाले आफ्नो क्लबका दुई स्टार खेलाडीबीचको विवाद मेसीलाई सुनाएको डन बालोन पत्रिकाले खुलासा गरेको छ।
विश्व कीर्तिमानी रकममा नेइमार यही सिजनदेखि मेसी सलंग्न क्लब बार्सिलोना छोडेर पिएसजीमा आवद्ध भएका थिए। बार्सिलोनामा हुँदा मेसी र नेइमारको जोडीबीच कुनै मनमुटाव थिएन्।
पिएसजीमा ८ खेलमा ८ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका नेइमार गत महिना लिओन विरुद्ध पेनाल्टी हान्ने विषयलाई लिएर काभानीसँग जुधेका थिए। यसपछि यी दुई खेलाडीको झगडा छताछुल्ल भएको थियो।
विश्वकप छनोटमा अर्जेन्टिनी टिममा सँगै रहँदा मारियाले डे«सिङ रुममा नेइमार र काभानीबीच सम्भावित झगडालाई सबै खेलाडी मिलेर रोकेको बताएका थिए।
यो घटनाको ढाकछोप गर्न प्रशिक्षक उनी इम्रिले आफ्नो टोलीमा सबै खेलाडी पेनाल्टी हान्न पोख्त रहेको बताएका थिए। तर, इम्रिले भने जस्तै ड्रेसिङ रुमको वातावरण राम्रो नभएको मेसीलाई मारियाले बताएको डन बालोन पत्रिकाले खुलासा गरेको छ।
मारियाको कुरा सुनेर मेसी अचम्मित भएको पनि पत्रिकाले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।