काठमाडौं– प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन्।
सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन्।
उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए। रास्वपाका प्रवक्ता मनिष झाले विरोधस्वरुप बैठक बहिस्कार गरेको बताए।
शनिबार पनि रास्वपाले यस्तै गरेको थियो। रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन्।
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ। तर, संसद्मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन्।
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ। तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।