काठमाडौं– प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।
बैठकपछि उनले भने, ‘टीआरसीबाहेक अरू कुनै विषयमा छलफल भएको होइन । त्यो कुरामा कोही भ्रममा नपरे हुन्छ । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन कोषमा राख्ने गरी बजेट आएको छ । पीडितको उपचार, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण, भइरहेका कामबारे आजको बैठकमा ब्रिफिङ भएको छ ।’
टीआरसीलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।